शनिबार, जेठ ५, २०८१

एकीकृत समाजवादीका धनराज आचार्यले पोखराको मेयर जिते, उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ

नेपालखोज २०७९ जेठ ११ गते ९:४७

कास्की । पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्यले जित हासिल गरेका छन् । पछिल्लो अन्तिम परिणामअनुसार आचार्यले ५८,८९३ मत ल्याउँदै विजयी हासिल गरेका हुन् ।

आचार्यका निटत्म प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले ५२,८४८ मत प्राप्त गरेका छन् । मेयरमै राप्रपाका शंकर खरालले ५,६७४ मत ल्याउँदै तेस्रो स्थान बनाएका छन् । स्वतन्त्र उम्मेदवार खड्गराज पौडेल (गनेस) ले ३,०३० मतका साथ चौथो स्थानमा आएका छन् ।

यसैबीच, उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गरेकी छन् । मञ्जुले ६० हजार ५४६ मत ल्याउँदा कोपिलाले ५६ हजार ६६३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । उपमेयरमै राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ५,६९९ र विवेकशील साझा पार्टीका माधव भण्डारीले २६४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया