शनिबार, जेठ ५, २०८१

बर्दियाको राजापुरमा माओवादी केन्द्र विजयी

नेपालखोज २०७९ जेठ ११ गते १०:४६

बाँके । बर्दियाको राजापुर नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । प्रमुखमा दिपेश थारु तथा उपप्रमुखमा मनकलाकुमारी चौधरी विजयी भएका हन् ।

थारू नौ हजार ८०७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांगेसका दीपकजंग शाहले ९ हजार ७६०, नेकपा एमालेका पहारी चौधरीले ६ हजार ७२, नागरिक उन्मुक्ति पार्टीका रामगोपाल चौधरीले एक हजार ३४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका राममणि उपाध्यायले ५९४, स्वतन्त्र उम्मेदवार मोहनलाल चौधरीले ३१८ र राष्ट्रिय जनमोर्चाका शिवलाल उपाध्यायले १७ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी चौधरी १० हजार ८६ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिद्वन्द्वी कांगेसकी यशोदा थारूले १० हजार ४५ मत, एमालेका सावित्री शर्मा बख्रेलले पाँच ४२२, नागरिक उन्मुक्ति पार्टीका संगीता चौधरीले १२९७, राप्रपाका सम्झना उपाध्यायले ६०५ र राजमोका सुमित्रा सुनार्नीले १२ पाएकी छन्।

माओवादी केन्द्रले वडा नं ३, ४, ५, ६, ८ र १० मा वडाध्यक्ष जितेको छ । वडा नं १ मा कांग्रेसका बाबुराम चौधरी, वडा नं २ मा काग्रेसकै रामचन्द्र चौधरी, वडा नं ३ मा माओवादी केन्द्रका प्रसादु थारु, ४ मा माओवादी केन्द्रकै विदुर पोखरेल, वडा नं ५ मा स्वतन्त्रबाट रमेश चौधरी र ६ मा माओवादी केन्द्रका असराज न्यौपाने वडाध्यक्षमा विजयी भएका छन् ।

त्यसैगरी वडा नं ७ मा एमालेका रामु थारु, ८ मा माओवादी केन्द्रका राजेश थारु, ९ मा कांग्रेसका विष्णुप्रसाद थारु र वडा नं १० मा माओवादी केन्द्रका शिवलाल थारु वडाध्यक्षमा विजयी भएका छन् ।-रासस

प्रतिक्रिया