बिहीबार, वैशाख १३, २०८१

कटारीको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको जित

नेपालखोज २०७९ जेठ ११ गते १५:०६

गाइघाट । उदयपुरको कटारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेद्वारले जित हासिल गरेका छन् । मेयर पदमा कांग्रेसका राजेशचन्द्र श्रेष्ठ ६ हजार ४१७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकट्तम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले ५हजार ९५२ मत ल्याए ।

कटारीमा सत्तारुढ दल कांग्रेस र माओवादीबीच चुनावी गठबन्धन भएको थियो । माओवादीले मेयर दाबी गरेको थियो । उम्मेदवारी नपाएपछि नेता बरालले स्वतन्त्र उम्मेदवारी दिएका थिए । निवर्तमान मेयरसमेत रहेका एमालेका ज्ञानेन्द्र श्रेष्ठले ५ हजार ७१५ ल्याएका छन् ।

उपप्रमुखमा एमालेकी गीता खड्का ६ हजार ४१३ मत ल्याएकी छन् । उनका निकट्तम प्रतिस्पर्धी माओवादीका विनोदकुमार कटुवालले ३ हजार ८२१ मत ल्याएका छन् ।

प्रतिक्रिया