शुक्रबार, वैशाख ७, २०८१

५ संक्रमित थपिए, ९ जना डिस्चार्ज

नेपालखोज २०७९ जेठ ११ गते १६:४७

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ८८९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ८२८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा एकजनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल १२८ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप नौजना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार दुईजना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ८ प्रतिशत छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ४७ हजार ९७९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया