बिहीबार, वैशाख १३, २०८१

बैंकिङ कसुर मुद्दाका फरार नरेन्द्रप्रकाश सुवेदी पक्राउ

नेपालखोज २०७९ जेठ ११ गते १७:०४

काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार सर्लाही जिल्लाको साविक हरिपुर गाविस वडा नं ८ काे ३४ वर्षिय नरेन्द्र प्रकाश सुवेदीलाई पक्राउ गरिएको हो ।

कार्यालयका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाका अनुसार राम बहादुर बि.क को जाहेरीले बादी नेपाल सरकार र प्रतिवादी सुवेदी भएको मुद्धामा उच्च अदालत पाटनले सुवेदीलाई एक करोड १० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । सोही मुद्धामा उच्च अदालतले सुवेदीलाई २०७८ फागुन २० गते पक्राउ पुर्जी जारी गरेको थियो । सो पश्चात फरार रहेका सुवेदीलाई अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार काठमाडौंको स्युचाटरबाट पक्राउ गरिएको प्रवक्ता कोईरालाले जानकारी दिएका छन् ।

प्रतिक्रिया