नबिल र चिकित्सक संघबीच यी क्षेत्रमा भए सम्झौता !
काठमाडौं । नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवा तथा सुविधाहरूमा छुट प्रदान गर्ने सम्झौता गरेको छ ।
नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ सेवाहरूमा नेपाल चिकित्सक संघका सम्बन्धित सदस्य डाक्टरहरू तथा कर्मचारीले देशैभरिका नबिल बैंकका शाखा सन्जालबाट विशेष छुटको लाभ उठाउन सक्नेछन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत कवीन्द्रप्रसाद श्रेष्ठ र नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले नबिल बैंकका प्रमुख कार्यकरी अधिकृत अनिलकेशरी शाहको उपस्थितिमा हस्ताक्षर गरेका हुन् ।
नेपाल चिकित्सक संघले आफ्नो स्थापनाकालदेखि नै नेपालमा स्वास्थ्य क्षेत्रको विकास र गुणस्तर प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरी चिकित्सकहरूको पेसागत अधिकार सुनिश्चित गर्न निरन्तर अग्रसर रहेको छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकलाई समयानुकूल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टि एवं आधुनिक बैंकिङ युगको सुरुवात गर्नेतर्फ केन्द्रित छ ।
प्रतिक्रिया