बुधबार, वैशाख २६, २०८१

काठमाडाैं महानगरकाे मतगणना अन्तिम चरणमा, बालेनले ल्याए ५७ हजार ३३६  मत

नेपालखोज २०७९ जेठ ११ गते २०:३८

काठमाडौं । काठमाडाैं महानगरपालिकाको मतपरिणाम सकिँनै लाग्दा बालेनले अग्रता अझ बढाउँदै लगेका छन् । पछिल्लो मतगणनाअनुसार स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले ५७ हजार ३३६  मत पुर्याएका छन् ।

नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् ।

केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहले  ३६ हजार २६५ मत ल्याउँदै दोस्रो स्थानमा छिन् । नेकपा एमालेका स्थापित ३५ हजार ७२७ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया