शनिबार, वैशाख १५, २०८१

दैलेखको आठबिसमा बस दुर्घटना, तीन जनाकाे मृत्यु

नेपालखोज २०७९ जेठ ११ गते २२:२४

दैलेख । दैलेखको आठबिसमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज आउँदै गरेको म१ख ६६० नम्बरको बस आठबीस नगरपालिका-२ स्थित सिस्नेमा दुर्घटना भएको हो ।

बसमा करिब ५९ जना सवार रहेको जनाइएकाे छ । बस सडकबाट करिब ५० मिटर तल खसेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया