शनिबार, वैशाख ८, २०८१

लखनऊलाई हराउँदै बैंग्लोर आईपीएलको क्वालिफायरमा प्रवेश

नेपालखोज २०७९ जेठ १२ गते ७:०९

काठमाडाैं । इन्डियन प्रिमियिर लिग क्रिकेट आईपीएलको एलिमिनेटर राउण्डमा विजयी हुँदै रोयल च्यालेन्जर्स बैंग्लोर क्वालीफायर राउण्डमा प्रवेश गरेको छ ।

गयराति भएको खेलमा लखनऊ सुपर जायन्ट्सलाई १४ रनले पराजित गर्दै बैंग्लोर क्वालीफायर राउण्डमा प्रवेश गरेको हो । अब बैंग्लोरले फाइनल प्रवेश गर्नका लागि राजस्था रोयल्ससँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

राजस्थान पहिलो प्लेअफमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । आईपीएलको उपाधिका लागि गुजरातसँग बैंग्लोर र राजस्थान मध्य एक टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया