शुक्रबार, चैत १६, २०८०

बालेन्द्रले कटाए ५९ हजार मत, तीनवटा वडा गन्नै बाँकी

नेपालखोज २०७९ जेठ १२ गते ८:१९

काठमाडौं । काठमाडाैं महानगरपालिकाको मतपरिणाम सकिँनै लाग्दा बालेन्द्र शाह (बालेन)ले अग्रता अझ बढाउँदै लगेका छन् । पछिल्लो मतगणनाअनुसार स्वतन्त्र उम्मेद्वार बालेनले ५९ हजार १४९  मत पुर्याएका छन् ।

नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् ।

केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसकी सिर्जनाले ३७ हजार ५४२ मत ल्याउँदै दोस्रो स्थानमा छिन् । नेकपा एमालेका केेशव ३७ हजार २१८ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया