बुधबार, वैशाख १९, २०८१

उदयपुरको त्रियुगामा कांग्रेसका वसन्तकुमारकाे अग्रता, एकीकृत समाजवादीका बलदेव पछ्याउँदै

नेपालखोज २०७९ जेठ १२ गते १०:०७

काठमाडौं । देशभर अब चारवटा पालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार मेयर पदमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेत अग्रस्थानमा छन् ।

यसअघि एकीकृत समाजवादीका बलदेव चौधरी अग्रस्थानमा थिए । कांग्रेसका बस्नेतले ३,०९० मत ल्याएका छन् । प्रतिस्पर्धी एकीकृत समाजवादीका चौधरी ३,०११ मत ल्याउँदै दोस्रो स्थानमा छन् । एमालेका भागवत राउतले २, १२६ मत ल्याउँदै तेस्रो स्थानमा छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी सरिता राईले २,८०९ मत प्राप्त गरेकी छन् । प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता खड्का काकीले २,४५७ मत ल्याएकी छन् । एमालेकी महेश्वरी राईले १,३६८ मत प्राप्त गर्दै तेस्रो स्थानमा छिन् ।

प्रतिक्रिया