बिहीबार, वैशाख १३, २०८१

तिलोत्तमाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले अगाडि

नेपालखोज २०७९ जेठ १२ गते ११:२२

रुपन्देही । तिलोत्तमा नगरपालिकामा मतगणना जारी छ । नेपाली कांग्रेसका रामकृष्ण खाँण र एमालेका मोहन चापागाईंबीच प्रतिस्पर्धा छ । पछिल्लो मतपरिणामअनुसार खाँणले २२ हजार ४ सय ५४ मत प्राप्त गरेका छन् ।

खाँणलाई पछ्याइरहेका चापागाईंले २१ हजार ६ सय ४७ मत ल्याएका छन् । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका सुन्दर गुरुङले १, ०२४ मत ल्याएका छन् ।

यसैबीच, उपमेयरतर्फ नेकपा एमालेकी जगेश्वरदेवी चौधरीले २१, २१८ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेक नेकपा माओवादीका हेमलाल पाण्डेले १०, ५५४ मत प्राप्त गरेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीकी गीता सारुले १,२७६ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया