शुक्रबार, चैत १६, २०८०

ओलीले भने- चुनावकै बेला सरकारले मूल्यवृद्धिको कीर्तिमान बनायाे

नेपालखोज २०७९ जेठ १२ गते १४:२२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा मत द्एिको भोलिपल्टै नागरिकलाई महँगीको डण्डाले हानेको आरोप लगाएका छन । संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा विहीबार भाग लिँदै उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको एक हप्ता पनि नपुग्दै फेरि अर्को मूल्य वृद्धि गरेको जनाए ।

अध्यक्ष ओलीले भने, ‘सरकारले नागरिकलाई पटक पटक डण्डाले हिर्काउने काम गरेको छ ।’ पेट्रोलियम पदार्थको मूल्य बढेपछि ढुवानीको भाडा स्वतः बढ्ने भएकाले नागरिकले हरेक वस्तुमा महँगीको मार खेप्नु परेको ओलीले जनाए । वर्तमान सरकारले मूल्य वृद्धिको कीर्तिमान कायम गरेको ओलीले आरोप लगाएका छन् ।

प्रतिक्रिया