शुक्रबार, वैशाख ७, २०८१

फोर्ब्सले सार्वजनिक गर्यो ५ प्रभावशाली नेपाली युवाको सूची, को को परे त ?

नेपालखोज २०७९ जेठ १२ गते १५:२३

काठमाडौं । पाँचजना नेपाली युवा फोर्ब्सको प्रभावशाली युवाको सूचीमा परेका छन् । विश्व प्रशिद्ध अमेरिकी म्यागजिन फोर्ब्सले प्रत्येक महादेशबाट ३० वर्षमुनिका प्रभावशाली ३० जना युवाको सूची निकाल्दा नेपाली युवा पनि चयन भएका हुन् । फोर्ब्सको सूचीमा पर्ने युवाहरूमा सुमित दाहाल, निरज काफ्ले, सन्तोष पाण्डे, ऐश्वर्य रानी सिंह र सुजित पाठक छन् ।

सूचीमा परेका दाहालले ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोप निर्माणमा योगदान दिएका छन् । काठमाडौंमा उपहार र सरप्राइज प्याकेज डेलिभरी गर्ने निरज काफ्ले र सन्तोष पाण्डेलाई पनि फोर्ब्सलेले एशियाका युवा मध्येबाट चयन गरेको छ ।

ऐश्वर्य रानी सिंह सोसल इम्प्याक्ट विधाबाट सूचीमा पर्न सफल भएकी हुन् । उनले संस्थामा आवद्ध भएर महिनावारीका बेलामा महिलाहरुलाई कप तथा प्याडको प्रयोगमा प्रोत्साहन गर्दै आएकी छन् । कञ्जुमर टेक्नोलोजी विधाबाट फोर्ब्सको सूचीमा परेका सुजित पाठक इनग्रेल नेपालका सह–संस्थापक भएको जनाइएको छ ।

प्रतिक्रिया