बिहीबार, वैशाख १३, २०८१

देशका पहाडी भू-भागमा हावा-हुरीसहित वर्षाको सम्भावना

नेपालखोज २०७९ जेठ १३ गते ६:२३

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने देशका पहाडी भू-भागका केही स्थानगरूमा  मेघ गर्जन / चट्याङ र  हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा  मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया