मंगलबार, वैशाख ११, २०८१

बानेश्वरबाट पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ

नेपालखोज २०७९ जेठ १३ गते १९:०८

काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् ।  कर्तव्य ज्यान मुद्दामा कैद सजाय छुट दिने पहिलेको आफ्नै फैसला सर्वोच्च अदालतले उल्ट्याएपछि प्रहरीले कोइरालालाई आज बानेश्वरबाट पक्राउ गरेको हो ।

श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजय काटिरहेका कोइराला सर्वोच्च अदालतले कैद कटाएपछि ८ साउन २०७७ मा छुटेका थिए ।

कोइरालाले २०६८ सालमा श्रीमती गीताको हत्या गरी शवसमेत नष्ट गरेका थिए । उनलाई २०७१ सालमा काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । सोही आदेशलाई पुनरावेदन अदालत पाटनले पनि सदर गरेको थियो ।

प्रतिक्रिया