बुधबार, वैशाख १२, २०८१

सरकारी जग्गासमेत बैना गरी ठगी गर्ने पक्राउ

नेपालखोज २०७९ जेठ १३ गते २०:५३

काठमाडौं । सरकारी जग्गा समेत बैना गरी ठगी गर्ने व्यक्तिहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार भक्तपुर जिल्लाको साविक बागेश्वरी गाविस वडाा नं ५ हाल चाँगुनारायण नगरपालिका वड नं ७ बस्ने ७२ वर्षिय केशव प्रशाद अधिकारी र साविकको भक्तपुर नगरपालिका वडा नं २ हाल भक्तपुर नगरपालिका वडा नं ८ बस्ने ५८ वर्षिय ईश्वर गाईजुलाई सरकारी जग्गासमेत बैना गरी ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो ।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाका अनुसार खोटाङको बुईपा ३ घर भई हाल दिक्तेलको मझुवागढी नगरपालिका वडा नं १४ बस्ने धनिराम राई समेतको जाहेरीको आधारमा ति दुई दुई व्यक्तिहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिहरुले भक्तपुरको साविक सुडाल गाविस वडा नं ४ मा रहेको बिभिन्न कित्ता नम्बरहरु अर्केको नाउँमा रहेको जग्गा धनीसंग अनुमती नलिई अनुमती लिएका छौं भनि झुक्याई साथै किं न ३९९ को जग्गा सरकारी देखिन आएकोले सो जग्गासमेत बिक्री गर्न करारनामा गरी बैना वापत पाँच करोड २० लाख रुपैंयाँ मात्र लिई ठगी गरेको भन्ने जाहेरी कार्यालयमा परेको थिए ।

सोही जाहेरीको आधारमा कार्यालयबाट खटिएको टोलीले शुक्रबार भक्तपुर नगरपालिका वडा नं १० मालपोत गेटबाट ति दुई जनालाई पक्राउ गरी आवस्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाईएको प्रहरी उपरीक्षक कोईरालाले जानकारी दिएका छन् ।

प्रतिक्रिया