शुक्रबार, भदौ २८, २०८१

चिकित्सकको लाइसेन्स परीक्षा दिने ३२ प्रतिशत मात्रै उत्तीर्ण, ६८ प्रतिशत फेल

नेपालखोज २०७९ जेठ १५ गते १५:०४

काठमाडौ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ३२ प्रतिशत विद्यार्थी मात्रै उतिर्ण भएका छन् । परीक्षामा ६८ प्रतिशत विद्याथी फेल भएका काउन्सिलले जनाएको छ ।

काउन्सिलले बिहीबारदेखि शनिबारसम्म एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा लिएको थियो । नतिजा शनिबार साँझ प्रकाशन गरेको हो । एक हजार चार सय ९४ जना विद्यार्थी सहभागी भएका मध्ये ३१ दशमलव ८४ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

परीक्षामा ४७५ जना मात्रै उत्तीर्ण भएका छन् । नेपालमा लगभग ३० हजार १३३ चिकित्सक काउन्सिलमा दर्ता छन् । लगभग ८ हजार ८६२ बढी विशेषज्ञ चिकित्सकका रुपमा दर्तामा रहेको जनाइएको छ ।

प्रतिक्रिया