तारा एयरको विमान मानापाथी हिमालको फेदीमा, पुग्न अझै ३ घण्टा लाग्ने
काठमाडौ. । तारा एयरको सम्पर्कविहीन भएको ९ एन एईटी ट्विनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदी काेवाङमा भेटिएको छ । स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाले जनाएको छ । स्थानीयबाट खबर आए पनि नेपाली सेना भने अझै त्यो ठाउँसम्म पुग्न सकेको छैन ।
पोखराबाट जोमसोमका लागि आइतबार बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको थियो । १९ यात्रु रहेको विमानमा पाइलट प्रभाकर घिमिरे सहित चालक दलका तीन सदस्य छन् । स्थानीयले ठूलो आवाज सुनेकाले विमान दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ ।
मानापाथी हिमालको फेदीमा जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्फ केन्द्रित गराइएको छ । यद्यपि टोली पुगिसकेको छैन । नेपाली सेनाको हवाइ फौज कोभाङ भन्ने स्थानमा छ । स्थानीयले भनेको स्थानदेखि दुर्घटना भएको ठाउँ तीन घन्टाको दूरीमा पर्छ ।
प्रतिक्रिया