आइतबार, भदौ ३०, २०८१

देशभर आंशिकदेखि सामान्य बदली, चारवटा प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

नेपालखोज २०७९ जेठ १६ गते ६:११

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहेको छ भने, प्रदेश १ र मधेस प्रदेशका एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

त्यस्तै आज दिउँसो प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी राति प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने मधेश प्रदेशका थोरै भू-भागमा हल्कादेखि मध्यम वर्षाको र प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया