आइतबार, जेठ ६, २०८१

आईपीएल : डेब्यु सिजनमै गुजरातकाे पाेल्टामा उपाधि

नेपालखोज २०७९ जेठ १६ गते ७:०७

काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधि गुजरात टाइटन्सले जितेको छ । यसै सिजन आईपीएलमा डेब्यु गरेको  हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातले उपाधि नै जित्न सफल भयो । शीर्ष स्थानमा रहँदै प्लेअफ खेलेको गुजरातले राजस्थानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

दोस्रो प्लेअफ खेलेर आएको राजस्थान फाइनलमा ७ विकेटले पराजित हुँदै दोस्रो पटक उपाधि जित्न असफल रह्यो । पहिलो संस्करणको उपाधि जितेको राजस्थान त्यसपछि कहिल्यै फाइनलमा पुगेको थिएन ।

तर यस पटक रोयल च्यालेन्जर्स बैंग्लोरलाई दोस्रो प्लेअफमा पराजित गर्दै फाइनलमा स्थान बनाए पनि फेरि एक पटक राजस्थानसँग स्तव्ध हुँदै उपाधि विहीन बन्न पुग्यो ।

राजस्थानले दिएको सामान्य १३१ रनको लक्ष्य राजस्थानले १८.१ ओभरमा ३  विकेट गुमाएर पूरा गर्दै ७ विकेटको जित दर्ता गर्न सफल भयो । गुजरातको सुरुवात भने राम्रो रहेन । 

प्रतिक्रिया