मंगलबार, असोज १, २०८१

देखिएन बजेट घोषणाको प्रभाव, कारोबार खुलेको पहिलो घण्टामै झन्डै ३० अंकले घट्यो नेप्से

नेपालखोज २०७९ जेठ १६ गते १२:३७

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदसमक्ष आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँबराबरको बजेट घोषणा गरे । बजेटमार्फत पुँजी बजारमा वैदेशिक रोजगारीमा रहेकालाई १० प्रतिशत सेयर कोटा छुट्याइने, पुँजी बजार सुधारका लागि काम गर्ने, एक अर्ब रुपैयाँसम्म कम भएका कम्पनीहरुले अनिवार्य रूपमा आईपीओ जारी गर्नुपर्नेलगायत धेरै विषय अघि सारियो ।

तर यी सबै कुराको प्रभाव बजेट घोषणापछिको पहिलो दिनको सेयर कारोबारमा देखिएन । कारोबार खुलेको पहिलो एक घण्टा ३० मिनेटको अवधिमै नेप्से २९ दशमलव ४५ अंकले घटिसकेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ९९ अंकले घटिसकेको छ ।

यस अवधिमा दुई सय २१ कम्पनीको ६ हजार सात सयपटक सेयर किनबेच भइसकेको छ । जसअन्र्तगत नौ लाख २२ हजार चार सय ७५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३७ करोड ८७ लाख १७ हजार सात सय ५२ रुपैयाँमा सीमित रहेको छ ।

प्रतिक्रिया