सोमबार, वैशाख २४, २०८१

महानगरका मेयर-उपमेयरसहित नवनिर्वाचित पदाधिकारीले लिए शपथ, सम्हाले कार्यभार

नेपालखोज २०७९ जेठ १६ गते १३:२३

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरूले शपथ लिएका छन् । बालेन्द्र साह (बालेन) र सुनीता डंगोललगायत पदाधिकारीहरुले शपथ लिएका हुन् ।

जनप्रतिनिधिले सोमबार बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ लिएका हुन् । शपथ ग्रहणसँगै जनप्रतिनिधिहरुले आजैदेखि पदभार पनि सम्हालेका छन् ।

मुख्य निर्वाचन अधिकृत राजु खतिवडासँग महानगर प्रमुखमा निर्वाचित शाहले पहिले नेपाली र पछि नेपाल भाषामा शपथ लिए । मेयर शाहसँग भने उपमेयर डंगोलले नेपाल भाषामै शपथ लिइन् ।

कार्यक्रममा वडाध्यक्ष, वडा-सदस्यहरुलाई पनि शपथ गराइएको थियो । निर्वाचित जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले प्रमाणपत्र पनि वितरण गरेको थियो । शपथपछि सोमबार मेयर शाह र उपमेयर डंगोलले कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया