प्रहरी उपरीक्षक उमेशराज जोशीद्वारा ट्राफिक नियन्त्रण तालिम
काठमाडाैं । काठमाडौं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वधानमा १४३ औं समूह प्र.ह./ प्र.ज. ट्राफिक नियन्त्रण काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा सोमबार एक कार्यक्रम समापन भएको छ । काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले उक्त तालिमको समापन गरेका हुन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उरीक्षक उमेश राज जोशीले ट्राफिक व्यवस्थापन कार्य दिनानुदिन चुनौतिपुर्ण बन्दै गई रहेको बताए । परिप्रेक्ष्यमा विशेष खालका समस्यालाई पहिचान गरि त्यसको निराकरणका लागि ट्राफिक प्रहरीसंग भएका मनविय तथा भौतिक श्रोत साधनको उच्चतम प्रयोग गरि सडक प्रयोगकर्तालाई सरल र सहज रुपमा सेवा प्रदान गरि ट्राफिक व्यवस्थापन कार्यमा सहजता ल्याउन यस तालिमले सहयोग पुग्ने बताए । ट्राफिक व्यवस्थापनमा सैद्दान्तिक र व्यवहारीक सिपलेमात्र नपुग्ने भएकाले प्रशिक्षार्थिले तालिम पछि पनि अझ व्यवसायिक र दक्ष हुन अध्ययन लाई निरन्तरता दिई सवारी दुर्घटना न्यूनिकरण तथा सवारी आवागमनमा सहज बनाउन निर्देशन दिए ।
गत बर्ष फागुन २९ गते देखि सुरु भएको ४५ कार्य दिन अवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ६ जना र प्रहरी जवान ६९ जना गरी कुल ७७ (१२ महिला सहित) जना प्रशिक्षार्थिहरुले सफलता पूर्वक तालिम हासिल गरेको तालिम सह– संयोजक प्रहरी निरीक्षक सरोज प्रजापतिले जानकारी दिए ।
प्रतिक्रिया