काठमाडौंदेखि भोटेचौरसम्म एनओजी राइड (तस्बिरसहित)
काठमाडौं । टीभीएस मोटर कम्पनीको नेपालका लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंदेखि भोटेचौरसम्मको आफ्नो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड गरेको छ ।
गत शनिबार आयोजना भएको उक्त राइड काठमाडौंको महालक्ष्मीस्थानस्थित टीभीएसको युनिराइड शोरुमबाट सुरु भएर बालकुमारी, तीनकुने एयरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मूलपानी, साँखु हुँदै भोटेचौर हेवन हिल रिसोर्टसम्म पुगेको थियो । उक्त राइडमा सहभागीहरूबीच एकतामूलक विभिन्न गेम खेलाइएको थियो । उनीहरूबीच विभिन्न मनोरञ्जनात्मक र अन्तर्क्रियात्मक कार्यक्रमहरू गरिएको थियो ।
राइडमा टीभीएस एनटर्कका ७० जना राइडरका साथै प्रसिद्ध मोटो भ्लगरहरू राजकुमार थापा मगर, अलिशा खड्की, ठकुरी भ्लग, आशिष भ्लग कोउपस्थिति थियो साथै नेपालको प्रसिद्ध महिला बडी बिल्डर सनम मूलघुटी, प्रसिद्ध पुरुष बडी बिल्डर अमित चन्द्र आर्या र कलाकार उषा उप्रेती, विपिन श्रेष्ठको पनि सहभागिता रहेको जगदम्बा मोटर्सका मार्केटिङ नायब कार्यकारी प्रमुख विक्रम पौडेलले जानकारी दिए । टीभीएस एनटर्कका राइडरहरूबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनीबीचको सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताए ।
उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ राज्यको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । उक्त राइडमा विभिन्न सडक सुरक्षाको जानकारीका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्ष्याको जानकारी प्राविधिक टिमले दिएको थियो । नेपालमा टीभीएस एनटर्क ५० हजार बिक्रीलाई निरन्तरता दिँदै यो राइड आयोजना गरिएको हो ।
राइडमा सहभागीबीच विभिन्न मनोरञ्जनात्मक खेलहरू खेलाइएको थियो र खेलको विजेतालाई आकर्षक पुरस्कार पनि वितरण गरिएको थियो ।
प्रतिक्रिया