शुक्रबार, असोज ४, २०८१

कुमारी बैंक र लालरत्न अस्पतालबीच सम्झौता, १० प्रतिशत छुटको व्यवस्था

नेपालखोज २०७९ जेठ १६ गते १८:४१

काठमाडौं । कुमारी बैंक लिमिटेड र सुदूरपश्चिम प्रदेश लम्कीचुहा नगरपालिकास्थित लालरत्न अस्पतालबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई लालरत्न अस्पतालबाट प्रदान गरिने स्वस्थोउपचारसम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले सो अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सुदूरपश्चिम प्रदेशका सेवाग्राहीहरुले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिने विश्वास बैंकले लिएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सन्जाल, १८१ एटीएम, ४२ शाखारहित बैंकिङ एकाइ तथा १६ एक्स्टेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया