आइतबार, भदौ ३०, २०८१

सातामा दुई दिन सार्वजनिक बिदा अनिवार्य रुपमा मान्नुपर्ने इस्टुको निर्णय

नेपालखोज २०७९ जेठ १६ गते १९:३८

काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को गत जेठ १४ र १५ गते छैठौं महाधिवेशन सम्पन्न भएको छ । रिपोर्टर्स क्लब नेपालमा सोमबार पत्रकार सम्मेलन गर्दै होमकुमार थापाको अध्यक्षतामा ४९ सदस्यीय कार्य समिति गठन भएको जानकारी दिइएको हो ।

महाधिवेशनबाट सह-अध्यक्षमा मोतीराम फुयाँल, वरिष्ठ उपाध्यक्षमा केशबकुमार पाठक र देवीदत्त पौडेल, उपाध्यक्षहरुमा नारायण पौडेल, अञ्जु गौतम, रोहिणी प्रसाद पराजुली, धर्मराज भट्ट, उमेश सापकोटा, सरिता निरौला, दीपक गौतम र सुधिर कुमार झा निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा भोलनाथ चालिसे , उपमहासचिवमा मनोज खनाल, अर्थ उपमहासचिवमा इन्दिरा धमला र सचिवमा राम थुलुङ, यादव अधिकारी र जनकराज घिमिरे निर्वाचित भएका छन् । र महिला सचिव भने मनोनित गर्न बाँकी छ ।

इस्टुले नेपाल सरकारले दिएको सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा अनिवार्य रुपमा मान्नु पर्ने निर्णय गरेको छ। त्यस्तै, सस्थागत विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुलाई सरकारले तोकेको तलब, सबै खाले बिदा र सबै सुबिधा अनिवार्य प्रदान गर्न स्थानीय तहहरुलाई आग्रह गर्ने समेत जनाएको छ ।

कोभिड लकडाउनका कारणले रोकिएको शिक्षकहरुको पारिश्रमिक तुरुन्त प्रदान गर्न, शिक्षकहरुको वृत्ति विकासको लागि तालिमको ब्यवस्था गर्न, नेपाल शिक्षक महासंघले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग २०७७ फाल्गुन ९ गते गरेको सम्झौता अक्षरस पालना गर्न समेत माग गरेको इस्टुले जारी गरेको घोषणा पत्रमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष होमकुमार थापाले छैठौं गत जेठ १४ र १५ गते भएको महाधिवेशनले ४९ सदस्यिय कार्यसमिति ३ वर्षका लागि चयन गरेको जानकारी दिए । थापाले महाधिवेशनको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले गरेको बताए ।

थापाले विधानःत ६१ जनाको कार्यसमिति पुर्याउनु पर्ने भएकोले बाँकी पदहरु मनोनित गर्ने अधिकार अधिवेशनले नयाँ कार्यसमितिलाई दिएको सुनाए । ३३ प्रतिशत महिला र ५ प्रतिशत कर्मचारी अनिवार्य हुनुपर्ने विधानमा उल्लेखित भए अनुसार कार्यसमिति बनाइने उनको भनाई थियो । अध्यक्ष थापाले घोषणा पत्र वाचन गरेर सुनाएका थिए ।

त्यस्तै, इजुकेशन इन्टरनेशनलका बोर्ड सदस्य मुकुन्द गौतमले देशभरका गाउँ र नगरपालिकामा पनि आफ्नो संस्थाले संगठन विस्तार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । इस्टुले प्रत्येक गाउँ, नगरपालिकामा शिक्षकहरुको मुद्दा उठान गर्ने प्रतिवद्धता जाहेर गरे ।

विश्वभरका ३ करोड शिक्षकहरु संस्थागत बिद्यालय शिक्षक युनियन (इस्टु)मा आवद्ध भएको जिकिर गरे । शिक्षक तथा कर्मचारीहरुको न्युनतम सेवा सुविधालाई नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई सम्बोधन नभएका स्थानमा गरिदिन समेत उनले आग्रह गरे । महासचिव भोलानाथ चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया