शुक्रबार, असोज ४, २०८१

विमान दुर्घटनामा परेका सबैको शव भेटियो, बाँकी १२ शव पनि आजै काठमाडौं ल्याइने

नेपालखोज २०७९ जेठ १७ गते ९:३६
तस्बिर : रासस

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका २, सानुसरेमा दुर्घटना भएको तारा एयरको जहाजमा परेर मृत्यु भएका सबैको शव भेटिएको छ । हिजो (सोमबार) साँझ १० वटा शव भने नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइसकिएको छ । बाँकी १२ शव पनि आजै काठमाडौं ल्याइने तयारी गरिएको छ ।

पोखराबाट मुस्ताङतर्फ आइतबार जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जना परेका थिए । आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहानमात्रै फेला परेको थियो । दुर्घटनास्थलमा शव खोजीका लागि सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएका थिए ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा सबै शवको परीक्षण (पोस्टमार्टम) गरेपछि परिवार तथा आफन्तको जिम्मा लगाउने तयारी छ ।

प्रतिक्रिया