बिहीबार, जेठ ३, २०८१

सुनचाँदीको मूल्य घट्याे

नेपालखोज २०७९ जेठ १७ गते १०:४१

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला २ सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन साेमबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य २ सय रुपैयाँले घटेकाे छ । आज तेजाबी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार तेजाबी सुन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य १५ रुपैयाँले घटेकाे छ । आज चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साेमबार चाँदी १२ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया