मेरो माइक्रो फाइनान्स र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता
काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता भएको छ । यी दुवै संस्थाबीच सौर्य पम्प सिँचाइ (सोलार वाटर पम्प) परियोजना निर्माण सम्बन्धमा सम्झौता भएको हो ।
सोमबार भएको सम्झौता पत्रमा मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल तथा नेपाल सरकार तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा दुवैतर्फका अन्य पदाधिकारी एवं कर्मचारीहरुको उपस्थिति थियो ।
मधेस प्रदेशका ८ जिल्लाका कृषक लाभान्वित हुने
सोलार पम्प परियोजना कार्यान्वयनका लागि विनरक इन्टरनेसनल नेपालको प्राविधिक सहयोग रहनेछ । उक्त परियोजनामार्फत व्यावसायिक कृषकहरूको वित्तीय पहुँच तथा लघु उद्यमशीलता र क्षमताको विकास हुनुका साथै कृषि उत्पादकत्वमा समेत वृद्धि हुने विश्वास संस्थाले लिएको छ ।
संस्थाले मुलुकभर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ६४ जिल्लामा १५ अनुगमन कार्यालय तथा एक सय ५० शाखा कार्यालयमार्फत एक लाख ८० हजारभन्दा बढी घरपरिवारलाई लघुवित्तीय सेवा प्रवाह गरिरहेको छ ।
प्रतिक्रिया