सशस्त्र प्रहरीलाई राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्वारा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीका लागि मंगलबार काठमाडौंको हल्चोकस्थित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा बैंकका ब्रान्च अपरेसन विभागकी प्रमुख दुर्गा कँडेल (छत्कुली) ले बैंकमा खाता खोल्ने, केवाइसी, डिजिटल बैंकिङ्ग तथा पेशाकर्मी सरल कर्जा सम्बन्धी प्रशिक्षण दिएका थिए । त्यसैगरी बैंकको सहायक कम्पनी आरविवि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले डिम्याट खाता, आस्वा सेवा तथा पूँजीबजार सम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक हेमबहादुर ज्ञवालीले स्वागत मन्तब्य तथा प्रहरी नायब उपरीक्षक धु्रब केसीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम ब्रान्च अपरेशन विभागका उपप्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए । गत बैशाख १४ गते बैंक र सशस्त्र प्रहरी बल नेपाल बिच सशस्त्र प्रहरी बलका कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा कारोवार लगायतका बैंकिङ्ग सुविधा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको थियो ।
कार्यक्रममा बैंकका बाग्मती प्रादेशिक कार्यालयका प्रदेशिक प्रबन्धक ध्रुव अर्याल, स्वयम्भू शाखाका शाखा प्रबन्धक ज्ञानु सेढाईंलगायत कर्मचारीहरुको उपस्थिति थियो । देशभर बैंकको हाल २५८ शाखा कार्यालय, २४५ एटीएम, ४३ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।
प्रतिक्रिया