सेञ्चुरी बैंककाे दुई नयाँ शाखा मोरङ र सुनसरीमा
नेपालखोज
२०७९ जेठ १७ गते २१:११
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ जिल्लाकोे पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मापथरी शाखा र सुनसरी जिल्लाकोे इनरुवा नगरपालिका–१, भगवती रोडमा इनरुवा शाखाबाट सेवा प्रारम्भ गरेको हो ।
पथरी शाखा बैंकका संचालक समिति सदस्य मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाको मेयर मोहनप्रसाद तुम्वापोले पथरी शाखाको संयुत्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । कार्यक्रममा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्य, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायकाे, उपस्थिति रहेको थियो ।
साथै इनरुवा शाखा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्य र इनरुवा नगरपालिकाको मेयर केदार भण्डारीले संयुत्त उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया