स्थानीय, न्यून चापीय र पश्चिमी वायुको प्रभाव, देशैभर हावा-हुरीसहित वर्षाको सम्भावना
काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षा भइरहेको विभागले उल्लेख गरेकाे छ ।
त्यस्तै आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ र हावा-हुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
त्यसैगरी आज राति प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरूमा र वाग्मती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ र हावा-हुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
प्रतिक्रिया