आइतबार, जेठ ६, २०८१

यू-१९ महिला क्रिकेट टिम आज मलेसिया जाँदै

नेपालखोज २०७९ जेठ १८ गते ८:४३

काठमाडाैं । नेपालको यू-१९ महिला क्रिकेट टिम आज मलेसिया जाँदै छ । सन् २०२३ मा आयोजना हुने विश्वकपका लागि छनोट खेल्न नेपाली टिम मलेसिया जान लागेको हो ।

नेपाली टिमलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबहाक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशनकुमार सिंह  लगाएतले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बिदाई गरेका थिए ।  छनोटमा नेपालले मलेसिया, यूएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतारसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया