शुक्रबार, चैत १६, २०८०

बलिउडका चर्चित गायक केकेकाे निधन

नेपालखोज २०७९ जेठ १८ गते ९:०४

काठमाडाैं । बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको मंगलबार अबेर राति कोलकातामा निधन भएको छ । ५३ वर्षीय उनी केकेको नामले पनि चिन्नथे । उनकाे निधन कोलकातामा लाइभ कन्सर्टपछि भएकाे भारतीय मिडियाले जनाएका छन् । यो लाइभ कन्सर्टका क्रममा उनलाई हृदयाघात भएको र त्यसपछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको बताइएकाे छ ।

फ्यानदेखि लिएर बलिउड सेलिब्रेटीहरूले सामाजिक सञ्जालमा गायक केकेलाई श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको शान्तिको कामना गरिरहेका छन् । यसैबीच केकेको अन्तिम लाइभ कन्सर्टको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सार्वजनिक भएको भिडियोमा केके आफ्नो चर्चित गीत ‘हम रहे या ना रहे कल’ गाउँदै छन् ।

भिडियोमा केके हजारौं फ्यानका बीचमा प्रस्तुति दिइरहेका छन् । केकेको फेसबुक पेजबाट उनको दुई तस्बिर सेयर गरिएको छ, जसमा उनी कोलकाताको एक कार्यक्रममा प्रस्तुति गरिरहेको देखिन्छ ।

प्रतिक्रिया