शुक्रबार, जेठ ४, २०८१

काठमाडौंमा सोमबारदेखि कल सेन्टर चलाउने महानगरको तयारी

नेपालखोज २०७९ जेठ २० गते १७:३९

काठमाडौं । मेयर बालेन्द्र साह (बालेन)को प्रयासमा काठमाडौं महानगरपालिकामा कल सेन्टर सन्चालन हुने भएको छ । पहिलो कार्यपालिका बैठकमा एक साताभित्र कलसेन्टर चलाउने निर्णय भएअनुसार सोमबारबाट कल सेन्टर सन्चालन हुने भएको हो ।

कल सेन्टरमार्फत महानगरबासीले नगरभित्रका समस्याहरु सम्बन्धमा गुनासो गर्न सक्ने छन् । यस्तै महानगरपालिकाले पनि सुझाव लिन सक्नेछ ।

कल सेन्टरमा आएका गुनासोहरु महानगरका ५० युनिटहरुमा पठाउन सकिने महानगरपालिकाको सूचना विभागले जनाएको छ । प्रशासनिक युनिट र विभिन्न विभागहरुमा महानगरमा हुने समस्याहरूको गुनासो फरवार्ड हुने व्यवस्था गरिने भएको छ ।

प्रतिक्रिया