शुक्रबार, चैत १६, २०८०

रोहिणी पुलबाट बस खस्याे, ९ जनाको मृत्यु

नेपालखोज २०७९ जेठ २२ गते ७:२३

काठमाडाैं । रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेकाे हाे । आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रु मध्ये ९ जनाको मृत्यु भएको हो ।

घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको जनाइएकाे छ । मृतक सनाखत हुन बाँकी छ ।

प्रतिक्रिया