बिहीबार, वैशाख १३, २०८१

१३ जनामा कोरोना, ९ जना डिस्चार्ज

नेपालखोज २०७९ जेठ २२ गते १६:२०

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ५७९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १ हजार ५५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ११० जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ९ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार १३७ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ८ प्रतिशत छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ११ हजार ९७३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया