एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीलाइ शपथ गराउने तयारी

नेपालखोज २०७९ जेठ २३ गते ९:५३

काठमाडौं । सरकारका नयाँ मन्त्रीहरुलाई आज शपथ ग्रहण गराइँदैछ । एकीकृत समाजवादीले सिफारिस गरेका मन्त्रीहरुलाई शपथ खुवाउने तयारी गरिएको हो । पार्टीमा भागबन्डा मिलाउन एकीकृत समाजवादीले आइतबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने र नयाँ मन्त्री बनाउने निर्णय गरेको थियो ।

एकीकृत समाजवादीबाट श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ, भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा प्रेम आले छन् ।

स्वास्थ्य राज्यमन्त्री खापुङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको ५ । यस्तै जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम रोजगार र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने एसमाजवादीको तयारी छ ।

प्रतिक्रिया