सुनचाँदीकाे मूल्य सामान्य बढ्याे

नेपालखोज २०७९ जेठ २३ गते १०:५४

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला २ सय रुपैयाँले घटेर ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन आइतबार ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । आज तेजाबी सुन ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । आज चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया