लगानीकर्ताहरुले बोर्डमा बुझाए १९ बुँदे ज्ञापनपत्र, यस्ता छन् माग ! (पूर्ण पाठसहित)

नेपालखोज २०७९ जेठ २३ गते १३:४३

काठमाडौं । सेयर बजार निरन्तर गिरावटमा गएको भन्दै लगानीकर्ता आन्दोलित भएका छन् । नेपाल राष्ट्र बैंकले अस्थिर नीति ल्याएका कारण बजारमा अस्थिरता कायम भएको आरोप लगाउँदै लगानीकर्ताहरु अन्दोलित भएका हुन् ।

यिनै लगानीकर्ताहरुले नियमन निकायहरुबाट गर्नुपर्ने कामहरु हुन नसकेको भन्दै नेपाल धितोपत्र बोर्डमा १९ बुँदे ज्ञापनपत्र बुझाएका छन् । १९ बुँदे मागमध्ये १३ वटा बोर्डबाटै सम्बोधन हुने पुँजी बजार सुधार समितिका संयोजक तिलक कोइरालाको भनाइ छ । बाँकी माग राष्ट्र बैंक र मन्त्रालयसँग समन्वय गरेर सम्बोधन गर्न सकिने समितिले जनाएको छ ।

बोर्डका अध्यक्ष रमेशकुमार हमालले मागपत्र बुझ्दै आफ्ना तर्फबाट गर्न सकिने माग पूरा गर्न प्रतिबद्ध रहेको आश्वासनसमेत दिएका छन् । ‘पूरा गर्न सकिने मागहरू सम्बोधन गर्न पहल गर्छौं,’ उनले भने । अध्यक्ष हमालले अर्थ मन्त्रालय, राष्ट्र बैंक, बिमा समितिलगायत सरोकारवाला निकायसँग समन्वयसाथ अघि बढ्ने आश्वासन पनि दिए ।

सबै तस्बिर : उर्मिला नगाल/नेपालखोज

प्रतिक्रिया