ओकायाले चार्जिङ ग्रिड र ब्याट्री स्वेपिङ स्टेसन ल्याउने

नेपालखोज २०७९ जेठ २३ गते १४:३४

काठमाडौं । ओकाया इनर्जी एन्ड ई–मोबिलिटी ग्रुप पहिले ओकाया पावर ग्रुप भनेर चिनिन्थ्यो । विगत ३५ वर्षदेखि ऊर्जा भण्डारण र ब्याट्री उत्पादनमा अग्रगामी, विश्वास र गुणस्तरको प्रतीक बनेको ब्रान्डले, नेपालभर विद्युतीय दुईपांग्रे सवारीसाधन, चार्जिङ ग्रिड र ब्याट्री स्वेपिङ स्टेसन ल्याउने भएको छ । यसका लागि वृद्धि–शशीला इलेक्ट्रिकसँग रणनीतिक साझेदारी गरेको छ ।

ग्रुपद्वारा जारी विज्ञप्तिअनुसार यस सम्झौताले वातावरणमैत्री यातायात समाधानहरूका लागि मूलतः नेपाली उपभोक्ताहरूको आवश्यकता र नेपाली बाटो र माटोलाई सुहाउने स्कुटर भित्र्याउनेछ । ५० भन्दा बढी देशमा चार दशकको विशेषज्ञता र उपस्थितिबाट परिमार्जित, ओईईजीको पछिल्लो उत्पादन ओकाया ईभीले आईओटी नेपालमा एकदमै नयाँ, शक्तिशाली, र बहुउपयोगी हुनेछ ।

यी स्कुटरहरूमा ४.४ किलोवाटमा कुनै अन्य ई–स्कुटरमा फिट गरिएको भन्दा उच्चतम् क्षमताको ब्याट्री प्रदान गर्दछ जसले सिंगल चार्जमा १४०–१६० किलोमिटरको यात्रा ७० किमि प्रतिघण्टाको उच्च गति प्रदान गर्दछ । अन्य जानकारी कम्पनीले केही समयमा सार्वजनिक गर्ने जनाएको छ ।

वृद्धिको ५० वर्षभन्दा बढीको सफल व्यापारिक इतिहास छ । आज यस ग्रुपको प्राथमिक व्यवसायमा अटोमोटिभ, ह्याभी इक्युपमेन्ट, व्यापार, उत्पादनका साथै वित्तीय संस्थाहरू र बैंकिङ समावेश छन् । शशीला मोटर्स, कमर्सियल गाडीको क्षेत्रको अग्रणी डिलरसिप, एक माइलस्टोन सेन्टर हो । जसले सञ्चालनको सात वर्षभित्र ६००० भन्दा बढी गाडी बिक्री गरेको छ ।

किया मोटर्सको डिलरसिप र विभिन्न विश्वव्यापी हेबी उपकरण ब्रान्डहरू यसका अन्य सहकार्यहरू हुन् । जसले यसको ग्राहक–केन्द्रित दृष्टिकोणका लागि धेरै प्रशंसा जितेको छ । कम्पनीको लक्ष्य भनेको ग्राहकलाई अपेक्षाभन्दा बाहिरको अनुभव प्रदान गर्नु, अटोमोटिभ खण्डमा प्रभावशालीस्थिति कायम राख्नु र समुदायमा सक्रिय उपस्थिति हुनु हो ।

प्रतिक्रिया