बाघको आक्रमणबाट बचाउन माग गर्दै बर्दियाको मधुवनवासी आन्दोलित

नेपालखोज २०७९ जेठ २३ गते १७:२७

बर्दिया । बर्दियाको मधुवन नगरपालिका २, ओराली बजारका सर्वसाधारण बाघको आक्रमणबाट हैरान भएका छन् । घरमा रहँदा र घाँसपात गर्दा उनीहरू बाघको आक्रमणमा पर्ने गरेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको नजिकै रहेको ओराली बजारमा एक वर्षको अवधिमा बाघले २६ जनालाई आक्रमण गरेको छ । आक्रमणबाट केहीको मृत्यु भएको छ । अधिकांश गम्भीर घाइते भएका स्थानीय युवा सागर चौधरीले जनाए ।

बाघले आक्रमण गर्ने डरमा स्थानीयलाई हिँडडुल गर्न, बनपाखा जान र गाइबस्तु चराउन समेत डर छ । बाघको उचित व्यवस्थापन गरेर आक्रमण हुनबाट जोगाउन उनीहरूले माग गरेका छन् ।

यसैबीच, ओराली बजारबासी बाघको आक्रमणबाट जोगाउन माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सोमबार हुलाकी राजमार्गमा चक्काजाम समेत गरे । स्थानीय प्रशासनसँग ज्यानको रक्षा गर्न माग गर्दै उनीहरूले चक्काजाम गरेका हुन् ।

प्रतिक्रिया