आन्तरिक रेमिट्यान्स मा प्रतिदिन प्रतिकारोबार सीमा २५ हजार

नेपालखोज २०७९ जेठ २३ गते २०:१६

काठमाडौं । अबदेखि आन्तरिक रेमिटेन्समा प्रतिदिन प्रतिकारोबार सीमा २५ हजार रुपैयाँसम्म मात्र कायम भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दे भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८ मा संसोधन गरेपछि यस्तो व्यवस्था कार्यान्वयनमा आएको हो ।

यो व्यवस्था अनुसार राष्ट्र बैंकबाट अनुमती पत्र प्राप्त रेमिटेन्स कम्पनी, उक्त कम्पनीका सव ऐजेन्ट वा सब रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक रेमिटेन्स कारोबार नगद भुक्तानी, बैंक खाता, विद्युतीय वालेट लगायतका जुनसुकै माध्यमबाट गर्दा सम्बन्धीत रेमिटेन्स कम्पनीको प्रणाली अनिवार्यरुपमा प्रयोग गरी प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन अधिकतम २५ हजार रुपैंयाँसम्मको कारोबार गर्न सक्नेछन् ।

प्रतिक्रिया