काठमाडाैं उपत्यकाको फोहोर मंगलबारबाट उठ्ने

नेपालखोज २०७९ जेठ २३ गते २१:५३

 काठमाडाैं । काठमाडाैं उपत्यकाको फोहोर मंगलबारबाट उठ्ने भएको छ । सिसडोल र बन्चरेडाँडा फोहोर लैजान दिने सहमति भएसँगै भोलिदेखि उपत्यकाको फोहोर उठ्ने भएको हो । 

सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सोमबार सहमति भएपछि काठमाडौंको फोहोर व्यवस्थापन हुन लागेको हो ।

सोमबार सहरी विकास मन्त्रालयको पहलमा भएको सरोकारवालाको बैठकले फोहोर उठाउने सहमति गरेको हो ।

प्रतिक्रिया