बिहीबार, वैशाख १३, २०८१

आज विश्व खाद्य स्वच्छता दिवस : मिसावटसँगै महँगीको मारमा उपभोक्ता

नेपालखोज २०७९ जेठ २४ गते १०:१०

काठमाडाैं । विश्व खाद्य स्वच्छता दिवस आज (मंगलबार) ‘स्वच्छ सन्तुलित आहार स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ मनाइने भएको छ । हरेक दिन सर्वसाधारणले स्वच्छ सन्तुलित आहार उपभोग गर्न पाउन् भन्ने उद्देश्यले यो दिवश मनाउने गरिएको हो ।

सरकारले सबैलाइ अर्गानिक खानेकुराकाे प्रत्याभूती गराउने भने पनि कागजमै सीमित भएकाे छ । बजार अनुगमन गरेकाे भनिए पनि उपभोक्ताले महसुस गरेका छैनन् । अखाद्य वस्तुको मिसावटसँगै महँगीको मारमा उपभोक्ता भएको पाइएको छ ।

सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्र सङ्घको महासभाले जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेअनुसार हरेक वर्षको जुन ७ तारिखमा दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया