आइतबार, जेठ ६, २०८१

थाइल्यान्डले नेपाललाइ ४९ रनले हरायाे, विश्व कपमा छनोट हुने सम्भावना सकियाे

नेपालखोज २०७९ जेठ २४ गते १५:१९

काठमाडौं । नेपाली महिला क्रिकेट टोली थाइल्यान्डसँग ४९ रनले पराजित भएको छ । १९ वर्षमुनिको आईसीसी महिला टी-२० विश्व कप एसिया छनोट प्रतियोगितामा थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छँदै ४० रनमा अलआउट भएपछि थाइल्यान्डको जित पक्का भएको हो ।

खेलमा श्रृष्टि जोशीले सर्वाधिक सात रनको योगदान दिइन् भने साना प्रविनले ६, अनु कडायतले ५, अञ्जली विश्वकर्मा, मनिषा उपाध्याय र कृतिका मरासिनीले ३–३ रन बनाए ।

पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो । बलिङमा नेपालकी कृतिका मरासिनी २ र मनिषा उपाध्यायले २ विकेट लिईन् । थाइल्यान्डसँगको हारसँगै नेपालको विश्व कपमा छनोट हुने सम्भावना सकिएको छ ।

प्रतिक्रिया