सोमबार, वैशाख १७, २०८१

वाग्मती प्रदेश मन्त्रिपरिषद्को बैठक : प्रदेश स्वास्थ्य सेवा नियमावली संशोधनलगायत निर्णय

नेपालखोज २०७९ जेठ २४ गते २०:३२

हेटाैंडा । वाग्मती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सूचनाको हकसम्बन्धी ऐन, २०७६ मा व्यवस्था भएको पुनरावलोकन समितिको रिक्त रहेको सदस्य पदमा काभ्रेकी सम्झना हुमागाईंको नाम सिफारिस गरेको छ ।

आज बसेको वाग्मती प्रदेशको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले स्थानीय तहबाट कार्यान्वयन भएका आयोजनाका बाँकी दायित्व व्यवस्थापन गर्ने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

त्यसैगरी मन्त्रिपरिषद्को बैठकले प्रदेश स्वास्थ्य सेवा नियमावली संशोधन, प्रदेश व्यापार तथा व्यवसाय सञ्चालनसम्बन्धी नियमावली संशोधनलगायत निर्णय गरेको छ ।

प्रतिक्रिया