आइतबार, जेठ ६, २०८१

एएफसी एसियन कप : पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित

नेपालखोज २०७९ जेठ २६ गते ६:२९

काठमाडाैं । एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग २-० अन्तरले पराजित भएको छ । 
 कुवेत स्थित जाबेर अल अहमद रंगशालामा भएको खेलको पहिलो हाफमा नेपालले बराबरी खेल्न सफल भएको थियो ।

 जारी प्रतियोगितामा समूह ‘ए’ मा जोर्डन र इन्डोनेसियाले जितका साथ प्रतियोगिता सुरु गरेका छन् । एसियन कप छनोटको समूह ‘ए’ मा नेपालले अर्को खेल कुवेतसँग खेल्नेछ ।

त्यसपछि अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग खेल्नेछ । यसअघि भएको खेलमा इन्डोनेसियाले कुवेतलाई दुई एकले हराएको थियो । 

प्रतिक्रिया