आइतबार, जेठ ६, २०८१

अस्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट

नेपालखोज २०७९ जेठ ३१ गते ६:४४

काठमाडाैं । अष्ट्रेलिया कतार विश्वकपमा स्थान बनाउन सफल भएको छ । पेरुलाई पेनाल्टीमा हराउँदै कतार विश्वकपमा स्थान बनाउन सफल भएकाे हाे ।

गोलकिपर एन्ड्रयु रेडमेन नायक बनेपछि अस्ट्रेलियाले पेरुलाई पेनाल्टी सुटआउटमा ५- ४ गोलले हराएको हो । कतारमा भएको प्लेअफमा दुबै टिमले निर्धारित ९० मिनेट र थपिएको आधा घण्टामा कुनै गोल गर्न सकेको थिएन । 

तर पेनाल्टीमा पेरुको दुईवटा प्रहार बाहिरीएको थियो भने अष्ट्रेलियाको एक प्रहार बाहिरीएको थियो । अस्ट्रेलिया समूह डीमा फ्रान्स, डेनमार्क र ट्युनिसियासँग रहनेछ । विश्वकपमा छनोट हुने अन्तिम टोलीको टुंगो मंगलबार लाग्नेछ । अन्तिम स्थानका लागि कोस्टारिका र न्युजिल्याण्ड भिड्नेछन् ।

प्रतिक्रिया